काठमाडौं, असोज १९ – साल्ट ट्रेडिङ कर्पोरेशनले चाडपर्वलाई लक्षित गरि संचालन गरेको सहुलियत बजारमा उपभोक्त्ताको चलहपहल बढ्न थालेको छ।
गत बिहीवारदेखी संचालन भएको सहुलियत पसलमा सुरुकै दिनबाट उपभोक्ता आउन थालेको कर्पोरेसनका बजार प्रबन्धक प्रज्ज्वल प्रधानले बताए। उनका अनुसार चिनी र नुन किन्ने धेरै उपभोक्ता छन्।
कम्पनीको उपत्यका भित्र र वाहिर गरेर ७ वटा आउटलेट रहेका छन्। कालिमाटी, सतुङल,कोटेश्वर, भक्तपुर, पाटन, बनेपा र नारायणगढस्थित आउटलेटबाट सहुलियत पसल संचालन भएको छ।
साल्ट ट्रेडिङले बजार मूल्य भन्दा नुन दुई रुपैयाँ किलो र चिनी २० रुपैयाँ सस्तोमा बिक्री गरिरहेको छ। साल्ट ट्रेडिङले दाल, तेल, चामल, गेडागुडी, आँटा र इन्डक्सन लगायतका सामान बिक्री गर्दै आएको छ।
FACEBOOK COMMENTS