काठमाडौं, चैत २४ – साल्ट ट्रेडिङ्ग कर्पोरेशनले सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आज (चैत २३ गते) दिनको ४ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई संस्थाको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।
FACEBOOK COMMENTS