काठमाडौं, २९ मंसिर – साल्ट ट्रेडिङ कर्पोरेशनको साधारण सभा मंगलवार हुने भएको छ ।कम्पनीले सभा केन्द्रीय कार्यालय कालिमाटी,काठमाडौंमा बिहान ११ बजे गर्ने बताएको छ ।
सभाले २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत मंसिर १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।
FACEBOOK COMMENTS