काठमाडौं – देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो ।
सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ । सिंहदरबारको चारवटै गेटमा डिजिटल गेट निर्माण गर्ने गृह मन्त्रालयअन्तर्गत रहेको सिंहदरबार सुरक्षा समन्वय समितिले गृहकार्य अगाडि बढाएको छ ।
सिंहदरबारमा रहेको चारवटा गेटमध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला गरिएको छ । दक्षिण गेटमा सिंहदरबार प्रवेश गर्नेको भीड लाग्ने गरेको छ ।
सिहदरबारमा दक्षिण गेटबाट भित्रने, पूर्वी गेटबाट बाहिरिने ,सुरक्षाको गेट सर्वसाधारणलाई बन्द ,प्रविधिमैत्री सिंहदरबार बनाइने,चारवटै गेटमा डिजिटल गेट राख्ने,भीड घटाउन एकद्वार प्रवेश पास ,गृह र प्रधानमन्त्री कार्यालयले मात्र पास दिन सक्ने व्यवस्था गर्न लागेकाे छ ।
FACEBOOK COMMENTS