काठमाण्डौं — मूल नहर भत्किएर अन्योलमा परेको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सञ्चालन गर्ने उपाय खोजी गर्न विज्ञ समूह गठन गरिएको छ।
कर्मचारी र ठेकेदार कम्पनीको मिलेमतोमा गुणस्तरहीन निर्माण भएको सिक्टाको मूल नहरको केही भागमा घुलनशील माटो समेत देखिएको छ।
घुलनशील माटोको उपचार नगरी बर्सेनि बजेट खर्च गर्ने तर सफल नहुने समस्याको अन्त्य गर्न विज्ञ समूह गठन गरिएको सम्बद्ध अधिकारीहरूले बताएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ विभागकी महानिर्देशक सरिता दवाडीले सिक्टालाई तोकिएको समयभित्र सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्यले विज्ञ समूह गठन गरिएको बताइन्।
विज्ञ समूहले सिक्टा चलाउन गर्नुपर्ने उपायसहितको सुझाव सरकारलाई दिनेछ।
विज्ञ समूहले दिने सुझावको आधारमा सिक्टामा गर्नुपर्ने नयाँ योजना तय गरिने
दवाडीले बताइन्।
— नागरीक
FACEBOOK COMMENTS