काठमाडौं,फागुन २१ – पूर्वाधार निर्माणका सामग्रीहरू बढी खपत हुने समय भनेर मंसिरदेखि वैशाखलाई मानिन्छ । तर, यही समयमा सिमेन्ट र फलामे छडको खपतमा भने गतवर्षको भन्दा झन्डै दोब्बरले कमी आएको सिमेन्ट तथा छड उत्पादक बताउँछन् । यसको खपत कम हुनुमा पूर्वाधार निर्माणमा देखिएको सुस्ती र २ महीनादेखि चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको नोबल कोरोना ९कोभिड–१९० भाइरस कारण भएको सिमेन्ट तथा डन्डी उत्पादकहरू बताउँछन् ।
गतवर्ष यही अवधिसम्म सिमेन्टको खपत ४० देखि ४५ प्रतिशतसम्म र डन्डीको खपत पनि सोही अनुपातमा रहेको थियो । तर, चालू आर्थिक वर्ष २०७६र७७ को यस अवधिमा २५ देखि ३० प्रतिशतको आसपासमा खपत भएको सिमेन्ट र छड उत्पादकहरू बताउँछन् । पूँजीगत अर्थात् विकास खर्च परिचालनमा सुधार नहुँदा, निर्माणाधीन अवस्थाका परियोजनाहरूको काम तीव्र नहुँदा र विगत २ महीनादेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण अहिले मुलुकभित्रका ठूला आयोजनाको कामको गति सुस्त छ ।
भाइरसकै कारण पनि सिमेन्ट र फलामे छडको खपतमा ह्रास आएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाको भनाइ छ । ‘पूर्वाधार निर्माणको काम नै तीव्र भएको छैन,’ उनी भन्छन्, ‘खर्च गर्ने क्षमता नहुँदा र नयाँ परियोजनाहरू नआउँदा सिमेन्टको खपत गतवर्षको भन्दा पनि कम भएको हो ।’ उनका अनुसार अहिले २÷३ महीनादेखि बजारबाट रकम उठ्न सकेको छैन र त्यस्तो रकम अर्बौं रहेको छ । उनले चीनबाट फैलिएको कोरोनाका कारण क्षमता विस्तारमा लागेका उद्योगहरू पनि यथास्थितिमै बस्नुपर्ने भएको बताए ।
विकास निर्माणका काम नहुँदा यसले मुलुकका निर्माणसम्बन्धी उद्योगलाई प्रत्यक्ष प्रभाव पार्ने तर्क व्यवसायीको छ । शंकर ग्रूपका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० आनन्द नेपालले मुलुकमा पूर्वाधार निर्माणका काम सुस्त भइरहेका बेला कोरोना भाइरसले थप सुस्त बनाएको र त्यसको प्रभाव मुलुकभित्र देखिन थालेको बताए । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS