काठमाडौं– चौधरी समूहको सिजी फुड्सले भारतीय बजारमा प्राथमिक शेयर निष्काशन गर्ने भएको छ।
सिजीले सन् २०२० मा साधारण शेयर जारी गर्नुका साथै तयारी चाउचाउ बाहेक अन्य दैनिक उपभोग्य वस्तुको उत्पादनसमेत थाल्ने भएको छ।
भारतमा अहिलेको बार्षिक उत्पादन क्षमतालाई दोब्बर पार्दै सन् २०२० सम्ममा ५ लाख प्याकेट चाउचाउ बिक्री गर्ने कम्पनीले जनाएका छन्।
योबाहेक सिजी कर्प ग्लोबलले सौन्दर्य प्रशाधन र लुगा धुने पाउडर को साथै लोकप्रिय वाइवाइ ब्राण्डमा तयारी खाजा, अन्न लगायतको उत्पादनसमेत ल्याउने भएको छ।
चौधरी समूहका अध्यक्ष बिनोद चौधरीले भने, सन् २०२० मा हाम्रो सिजी फुड इण्डियाले प्राथमिक शेयर जारी गर्ने छ। सिजी फुड इण्डियाको बार्षिक कारोबारको आकार १ हजार करोड भारु बराबर छ।

अध्यक्ष चौधरीले भने, हामी युरोपेली कम्पनीसँगको सहकार्यमा पर्सनल केयरका उत्पादन लिएर सन् २०१९ मा बजार प्रवेश गर्नेछौं। नेपालमा हामी पहिलेदेखि नै अत्यावश्यक वस्तु र खाद्यान्न उत्पादन गरिरहेका छौं।
