काठमाडौं, चैत ३० – सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले दरबारमार्गस्थित किङ्गस् लाउञ्जमा विशेष छुट पाउने भएका छन् । आइतबार बैंक र लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झाैता भएको हाे ।
यो सम्झाैता पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु किङ्गस् लाउञ्जमामा कार्डबाट भुक्तानि गर्दा केही प्रतिशत छुट पाउनेछन् ।हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । साथै बैकले हालैमा युएसइडी इकम कार्डको सुरुवात गरेको छ जस अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी वार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११३ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS