काठमाडौं,मंसिर ६ -सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज (शुक्रवार) बसेको सञ्चालक समितिको बैठकले सुदेश खालिङलार्ई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको छ ।
बैंकिंग क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका खालिङलाई अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा नियुक्त गरिएको हो ।
शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् । वाणिज्य बैंकमा सहायकबाट बैंकिंग पेशा शुरु गरेका खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन् ।
“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS