काठमाडौं, चैत १८ – सिटिजन्स बैक इन्टरनेसनलले युएसडी इ-कम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो ।
यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी वार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गरी अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्नेछन् ।
बैंककाे अनुसार युएसडी इ-कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान बिबरण अद्मावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ ।
यस कार्डबाट ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नेछन् । यो कार्ड प्रयोग गरी एटिएम बाट नगद झिक्न तथा पिओएस मार्फत कारोबार गर्न नपाइने बैंकले जानकारी दिएकाे छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS