काठमाडौं,चैत १७- कोरोना भाइरसको रोकथामकालागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोष’मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रु ४९ लाख सहयोग गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा रु ७ लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।
यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावस्यक सामाग्रीहरु प्रदान गर्नटेवा पुग्ने विश्वास बैंकले लिएको छ । महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत गणेशराज पोखरेलले बताएका छन् । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलमलगाउन टेवापुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाकालागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदानगर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवादिँदै आएको छ ।
कोरोना भाइरस महामारीको जोखिमन्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवापुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्गलगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको ए.टि.एमकुनै पनि बैंकको ए.टि.एममाप्रयोग गर्दा शुल्कनलाग्ने व्यवस्था गरेको छर हरेकए.टि.एममा पर्याप्तमात्रामा नगद रहेको कुरा समेत बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS