काठमाडौं, फागुन ६ – सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधादिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नलगाड न. पा. ७, जाजरकोट अवस्थित श्री त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत रु एक लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।
आज विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्तसहयोग रकम बैंकले हस्तान्तरण गरेको छ । यस विद्यालयमा अध्ययन र अध्यापनगर्दै आएका करिव ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्थागर्न उक्त सहयोग रकम प्रदान गरिएको हा े। उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवस्यक पुर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ ।
शुद्धखानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्यगर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ । शुद्धखानेपानीका पहुँचबाट निमुखा, गरीब र दयनीयआर्थिक अवस्थाभएका बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार आउने कुरा बैंकले व्यक्त गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्वका र्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्तिविभिन्न कार्यक्रम संचालनगर्ने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
FACEBOOK COMMENTS