काठमाडौं,फागुन ३०- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित महेन्द्र भवन माध्यामिक आवाशिय बिद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बिद्यालयको शौचालय निर्माणकोे लागि रु ५००,०००।(पाँचलाख) आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको छ । बिद्यार्थीको मानसिक बिकासमा स्वास्थ्यले ठूलोेभुमिका खेल्ने भएकोले गर्दा बिद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको’सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ ।
भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकआदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव पाँचलाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
FACEBOOK COMMENTS