काठमाडौं,चैत ९- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्ला रोड, विरेन्द्र नगरपालिका वार्ड न ६, सुर्खेत स्थित आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिंग कारोबार संचालन गरेको छ ।
उक्त भवनबाटै कर्णाली प्रदेश अन्तर्गत बैंकका ७ वटा शाखाहरु (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड र सिमिकोट तथा सुर्खेत) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूछिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्नेउद्देश्यका साथ प्रादेशिक कार्यालय स्थापना गरिएको छ।पूजा पाठ गरी बैंकले सुर्खेत शाखा र कर्णाली प्रदेशको प्रादेशिक कार्यालयसंचालनमा ल्याएको हो ।
आफ्नै सुविधा सम्पन्न भवनबाट थप छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । सुर्खेतलाई केन्द्रविन्दु बनाएर क्रियाशील रहेका गैर सरकारी संस्थाहरुको आर्थिक कारोवारलाई सहजिकरण गर्न यस शाखाले विभिन्न योजनाहरु संचालन गर्दै आएकोमा त्यसलाई थप प्रभावकारी र परिस्कृत गर्न विभिन्न आकर्षक योजनाहरु आफ्नै सुविधा सम्पन्न भवनबाट संचालन गर्ने कुरा बैंकले जनाएको छ । आयात, निर्यात, व्यापार तथा अन्य व्यवसायिक क्षेत्रमा प्रचुर सम्भावना रहेको र यसलाईटेवा पु¥याँउने हेतुले विभिन्न नयाँयोजनाहरुप्रभावकारी ढंगले संचालन गर्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS