काठमाडौं, कार्तिक २८ – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले“यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यास ब्याकको बहार”योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत तिहारमा पैसा पठाउँदा एक सय रुपैयाँ क्यास ब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले कात्तिक २९ देखि मंसिर १ गते सम्मतीन पटक गरी दुई हजार रुपैयाँभन्दाबढी रकम मोबाइल बैकिङ्ग मार्फत रकमान्तर गरेमा सो क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । यसरी पैसा पठाउँदा विवरणमा भने “ सिटिजन्स तिहार” भनी खुलाउन पर्ने छ ।
तिहारमा खेलिने देउसीभैलोको दक्षिणा तथा दिदिबहिनिलाई भाईटिकाको दक्षिणा दिन सहजहोस् भन्ने उद्देश्यका साथ बैंकले यो क्यास ब्याक योजना सार्वजनिक गरेको बैंकले जनाएको छ । यसका साथै तिहारलाई लक्षितगरि बैंकले डिजिटल सहायता केन्द्रको समेत ब्यवस्था गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
FACEBOOK COMMENTS