काठमाण्डौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बाह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारणसभाले आ.व.२०७४/७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरि उक्त प्रतिवेदनमा पारित गरेको छ ।
बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३.६ प्रतिशत बोनस शेयर तथा करीव १.६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
FACEBOOK COMMENTS