काठमाडौं,कार्तिक ८ – सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैयमासमा ३४ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।यो नाफा गत वर्षको पहिलो त्रैमाशको तुलनामा १८.५७ प्रतिशतले घटेको हो ।
ब्याज खर्च उच्च हुँदा खुद व्याज आम्दानी ५.९५ प्रतिशतले खुम्चिएको छ भने खुद व्याज आम्दानी ७० करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ।
बैंकको निक्षेप संकलनका साथै कर्जा लगानीमा समेत राम्रो सुधार भएको छ । तीन महिनाको अवधिमा बैंकले ७२ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा निक्षेप करिब १९ प्रतिशतले सुधार भएको हो ।
बैंकको प्रति सेयर आम्दानी १६.२० रुपैंया रहेको छ भने प्रति सेयर नेटवर्थ १३७.१८ रुपैंया रहेको छ । आधार ब्याजदर १०.७५ प्रतिशत रहेको बैंकको स्प्रेड दर भने ४.१६ प्रतिशत रहेको छ । खराब कर्जा ०.९८ प्रतिशत रहेको बैंकको कस्ट अफ फण्ड भने ८.३० प्रतिशत रहेको छ ।
शुक्रबार आर्थिक वर्ष २०७६÷७७ को पहिलो त्रैयमासको वित्तीय विवरण सार्वजनिक गर्दै सिटिजन्स २८ वाणिज्य बैंक मध्ये पहिलो बनेको छ ।
FACEBOOK COMMENTS