काठमाडौं,माघ १७ – सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद –एन्जाज को संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरु लाई विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ ।
यस योजना एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल –अल्बिलाद मोबाइल एप , अल्बिलाद नेट , अल्बिलाद एटिएम, एन्जाज सेल्फ –सर्भिस मेसिन, एनजाज पिओएस, एन्जाज सेन्टरमा उपलब्ध छ ।
सो योजनाअन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ), २४ जनाले ५ ग्राम सुन का सिक्का, ४५ जना ले सिटी म्याक्स को सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् । यो योजना ३ महिनाको लागि (जनवरी ३० देखी अप्रिल ३०) सम्म लागु हुनेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ बर्ष देखि विश्व भरी आफ्नो रेमिटान्स सुविधा दिँदै आइरहेको छ । एन्जाज र सिटी एक्सप्रेस बीच २०१७ देखि कारोवार सुचारु हुँदै आइरहेको हो ।
FACEBOOK COMMENTS