काठमाडौं,कार्तिक ७- सिद्धार्थ बैंकले सेयर धनीलाई बोनस सेयर र नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक ७ गते काठमाडौंको आर्मि क्लवमा आयोजित १८औँ वार्षिक साधारण सभाले २५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
सिद्धार्थले गत वर्षको नाफाबाट १०५ बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । बैंकको समिक्षा अवधिमा खुद नाफा एक अर्ब ९० करोड वृद्धि भई दुई अर्ब १६ करोड रुपियाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १८.५७ प्रतिशतको वृद्धि हो ।
बैंक सञ्चालक समितिले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। असोज २८ गतेसम्म कायम सेयरधनीले लाभांश पाएकान छन् हाल सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपियाँ छ । प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपियाँ पुग्नेछ ।
FACEBOOK COMMENTS