काठमाण्डौँ — सिद्धार्थ बैंकले काठमाडौंको नयाँ बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १३९ वटा शाखा ९३ एक्स्टेन्सन् काउन्टर सहित, ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० एटीएम र १,२०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS