काठमाडौं – सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ८७ करोड नाफा आर्जन गरेको छ ।
गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा १६ करोड रुपैंयाँले बढी हो । बैंकले गत आवको पुस मसान्तमा ७१ करोड नाफा कमाएको थियो ।
सिद्धार्थ बैंकले असोज मसान्तदेखि पुस मसान्त अवधीमा एक खर्बमा रहेको निक्षेपलाई १ खर्ब ६ अर्ब पुर्याएको छ भने कर्जा लगानी ९० अर्बबाट ९७ अर्ब पुर्याएको छ ।
बैंकको ब्याज आम्दानी ६ अर्ब ८ करोड कायम छ भने ब्याज खर्च ३ अर्ब ७९ करोड रुपैंयाँ गरेको छ । सिद्धार्थले २ अर्ब २८ करोड रुपैंयाँ खुद ब्याज आम्दानी गरेको छ ।
८ अर्ब ८८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब १९ करोड रुपैंया रहेको छ ।
FACEBOOK COMMENTS