काठमाडौं, कार्तिक १६– सिद्धार्थ बैंकले कार्तिक १५ गते शुक्रबार काठमाडौं उपत्यका बाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो ।
शाखा मार्फत बैंकले सर्वसाधारण र व्यवसायीहरूमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ ।
बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
शाखा विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७१(४एक्स्टेन्सन् काउण्टर सहित) पुगेको छ । यसका साथै बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ एटीएम र १,६०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ ।
FACEBOOK COMMENTS