काठमाडौं, पुस १८ – सन् २०१६ देखि नेपालमा ओटीटीको संस्कार बसाउन सुरु भएको ‘सिनेमा घर’ एप अब नयाँ संस्करणमा आएको छ । थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरुको साथमा ‘सिनेमा घर’ को अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेको छ ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच यसको औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा सजिलै डाउनलोड गरी हेर्न सकिनेछ ।
क्रोमकास्ट प्रविधिकको प्रयोग गरी मोबाइल फोनबाट क्रोमकास्ट सपोर्ट गर्ने विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ । संसारका जुनसुकै स्थानबाट ‘सिनेमा घर गोल्ड’ को ग्राहक बन्न सकिन्छ ।
लेखक तथा कलाकार खग्रेन्द्र लामिछानेसहितको टोलीले यो एप संञ्चालनमा ल्याएका हुन् ।कार्यक्रममा एप सञ्चालकले फिल्म पाइरेसी र व्यक्तिगत डाटा चोरी हुनबाट सकेसम्म दर्शकलाई जोगाउने प्रविधिको प्रयोग गरिएको बताए ।
५ सय रुपैयाँमा वर्षभर एपमा रहेका फिल्म, शर्ट मुभी लगायतका सामग्री हेर्न पाइनेछ । एपमा शुक्रबारदेखि युट्युबमा नआएका ६ ओटा फिल्म हेर्न सकिन्छ । जसमा डमरुको डन्डीबियो, कोहलपुर एक्सप्रेस, कागज पत्रलगायत छन् ।
FACEBOOK COMMENTS