काठमाडौं, माघ १४ – भारत सरकारको सहयोगमा नेपालमा आइपुगेको कोरोनाविरुद्धको भ्याक्सिन सिन्धुपाल्चोकमा एक हजार ५ सय ७८ जनालाई लगाइने भएको छ। पहिलो चरणमा सरकारले तोकेको मापदण्डमा रहेर अग्रपङ्तिमा खटीने स्वास्थ्यकर्मीहरूलाई यो खोप लगाउन लागिएको हो।
पहिलो चरणमा जिल्लामा रहेका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवेका, एम्बुलेन्स चालक र शव व्यवस्थापनका लागि खटिने नेपाली सेनालाई यो खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईंले बताए।
देशैभर आजबाट खोपको सुरुवात गर्ने नेपाल सरकारको नीतिअनुसार आज दिउँसो तीन बजेबाट जिल्ला अस्पताल चौताराबाट खोप लगाउन सुरु गरिने योजना रहेको चापागाईंले बताए। सिन्धुपाल्चोकमा जिल्ला अस्पताल चौतारा र बाह्रबिसे प्राथमीक स्वास्थ्य केन्द्र, बाह्रविसेबाट खोप सेवा प्रदान गरिनेछ।
त्यसका लागि आज बुधबार नै जिल्ला अस्पताल चौतारामा खोप प्रदान गर्ने स्वास्थ्यकर्मीहरुलाई छोटो अवधिको तालिम सञ्चालन गरिनेछ। तालिम पश्चात चौतारामा आजैबाट र बाह्रविसेमा भोलि १५ गतेबाटा खोप लगाउन शुरु गरिनेछ।
खोप लिनको लागि जिल्ला कोभिड-१९ खोप व्यवस्थाापन समितिको निर्णयअनुसार तोकिएको स्थानीय तहका स्वास्थ्यकर्मीहरुले तोकिएको मिति र स्थानमा सम्पर्क गर्नुपर्नेछ। मिति र स्थान आजै बस्ने समितिको बैठकले तय गर्नेछ।
FACEBOOK COMMENTS