काठमाडौं, कार्तिक २० – कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सिन्धुलीमा थप एकको मृत्यु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ५ जरायोटारका ४८ वर्षीय एक पुरुषको मृत्यु भएको हो । यो सँगै सिन्धुलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।
सिन्धुली अस्पतालमा उपचारका क्रममा ती पुरुषको बिहीबार बिहान ३ बजे मृत्यु भएको सिन्धुली अस्पतालका अध्यक्ष प्रलाद पोखरेलले जनाकारी दिए । एक सातअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल भर्ना भएका ती पुरुषको आर्थिक अभावका कारण उपचार सम्भव नभएपछि फर्काएर बुधबार सिन्धुली अस्पताल ल्याइएको थियो ।
‘राती १० बजे सिन्धुली ल्याइएको थियो । बिहीबार बिहान मृत्यु भयो,’ पोखरेलले भने । काठमाडौंमा भ्यान्टिलेटरमा राखेर उपचार गर्दा दैनिक ४० हजार बढी खर्च हुन भएपछि उपचार खर्च व्यवस्थापन गर्न नसकेपछि सिन्धुली फर्काइएको मृतकका आफन्तले जनाएका छन् ।
FACEBOOK COMMENTS