काठमाडौं । सिभिल बैंकको एटीएम सेवा तीन दिनका लागि बन्द हुने भएको छ ।कम्पनीले मंगलवार एक सूचना जारी गर्दै एटीएम स्विच अपग्रेड गर्न लागेकाले तीन दिन बन्द हुने जानकारी दिएको हो ।
कम्पनीका अनुसार असार १६ गते ५ बजेदेखि १८ गते बिहान ५ बजे सम्म एटीएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने भएको छ । यस्तै सो मिति पश्चात एटीएम टर्मिनलहरु पनि क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकाले असार १८ गतेदेखि असार मसान्तसम्ममा एटीएम टर्मिनलहरु अवरुद्ध हुन सक्ने पनि कम्पनीले बताएको छ ।
सो अवधिमा कम्पनीको एटीएम कार्ड हिमालयन बैंक लिमिटेडको एटीएम टर्मिनलहरुबाट निर्वाध रुपमा नि : शुल्क प्रयोन गर्न सकिने कम्पनीले बताएको छ । साथै कम्पनीले कार्डलेस क्यास सुविधा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको छ ।
FACEBOOK COMMENTS