काठमाडौं, ९ फागुन- सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा मिति आइतबार सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३ रुपैयाँ ९१ पैसा बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२ रुपैयाँ ८४ पैसा नगद नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।
साथै सभाले आर्थिक् वर्ष २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्स”लाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS