काठमाडौं, वैशाख ८ – सिभिल बैंकले चालू आर्थिक आर्थिक वर्षमा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा बैंकले चालू आर्थिक वर्षको सोही अवधिसम्म निक्षेप संकलनमा ६१.९६% र कर्जा प्रवाह ५४.६७% प्रतिशतले बढाएको छ ।
बैंकले समीक्षा अवधिसम्ममा ८७ अर्ब ८९ करोड रूपैयाँ निक्षेप सङ्कलन गरी ८१ अर्ब ४४ करोड रूपैयाँ कर्जा प्रवाह गरेको वित्तीय प्रगति सार्वजनिक गरेको छ । गतवर्ष यही अवधिसम्म बैंकले ५४ अर्ब २६ करोड रूपैयाँ निक्षेप सङ्कलन गरी ५२ अर्ब ६५ करोड रूपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बैंकले यस आर्थिक वर्षमा निक्षेपतर्फ २७ अर्ब ७६ करोड रूपैयाँ वृद्धि गरेको छ जुन वृछि असार मसान्तको निक्षेपको तुलनामा ४६ प्रतिशत को वृद्धि हो । बैंकको निक्षेपको वृद्धि अन्य वाणिज्य बैंकहरूको तुलनामा वृद्धि रकममा सातौं तथा प्रतिशत वृद्धिमा पहिलो स्थानमा रहेको दाबी समेत गरेको छ ।
त्यसैगरी बैंकले कर्जातर्फ यस आर्थिक वर्षमा २७ अर्ब ६२ करोडा रूपैयाँ वृद्धि गरेको छ । जुन वृद्धि असारमसान्तको कर्जाको तुलनामा ५१ प्रतिशतले बढेको हो । बैंकको कर्जाको वृद्धि अन्य वाणिज्य बैंकहरूको वृद्धिको तुलनामा वृद्धि रकममा दशौं तथा वृद्धि प्रतिशतमा पहिलो स्थानमा रहेको बैंकको भनाइ छ ।
तेस्रो त्रैमासको अन्तसम्म बैंकको ग्राहक संख्या ५ लाख ४१ हजार ९८२ पुगेको छ । जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २४.७६ प्रतिशतले बढेको हो । गत वर्ष यही अवधिसम्म बैंकको ग्राहक संख्या ४ लाख ४२ हजार ४४२ मात्रै थियो ।
सिभिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खराब कर्जा अनुपातमा व्यापक सुधार गरेको छ । बैंकको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात ६१.८१ प्रतिशतले घटाउन सफल भएको देखिन्छ । गत वर्षको यही अवधिसम्म २.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा घटेर १.१३ प्रतिशतमा झरेको छ ।
बैंकले समीक्षा अवधिमा ५० करोड २५ लाख रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो ।
FACEBOOK COMMENTS