काठमाण्डौँ — सिभिल बैंक लिमिटेड र आईएमई डिजिटल सोलुसन्स लिमिटेडबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्स लिमिटेडका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठबीच हस्ताक्षर गरे।
अब सिभिल बैंकका ग्राहकहरुले आईएमई–पे मार्फत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न, मोबाइल टपअप गर्न, विद्युत प्राधिकरण/ल्यान्डलाइन/एडीयसयल/डिसहोमको बील भुक्तानी गर्न, आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्नुका साथै सिनेमा हल र हवाई टिकट समेत खरिद गर्र्न सक्नेछन् ।