काठमाडौं,फागुन १४ – सिभिल लघुवित्त वित्तीय संस्था (सिभिल बैंकलि.को सहायककम्पनी) को चालु आ.व. २०७६ माघ मसान्त सम्मको कार्यक्रम समीक्षागोष्ठी यहि फाल्गुण ११ र १२ गते काठमाडौंमा सम्पन्न भएको छ ।उक्त कार्यक्रममा संस्थाका विभिन्न कार्यालयका शाखाप्रमुख, क्लस्टर प्रमुख र केन्द्रीयकार्यालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रमको उद्घाटन गर्दै का.मु. प्रमुखकार्यकारी अधिकृत विनोद आचार्यले सिभिल लघुवित्तको हालसम्मको प्रगति अवस्था, संस्थाको आगामी रणनीति, संस्थाले भोगेका समस्या, चुनौती र त्यसलाई अवसरको रुपमा सदुपयोग गर्दै परिणाममुखी नतिजाको लागिसबै तहमा कार्यरत कर्मचारीहरुलाई उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
उक्तकार्यक्रममा संस्थाका क्लस्टर प्रमुखहरु तथा शाखा प्रमुखहरुद्धारा आ–आप्mनो शाखा एवम् क्लस्टरको प्रगतिविवरण तथा आगामी रणनीति प्रस्तुत गर्दै तोकिएको लक्ष्यहासिल गर्न निरन्तरलागि पर्ने प्रतिवद्धता ब्यक्त गरिएको थियो ।
संस्थाको सञ्चालक समितिकापदाधिकारीहरुको उपस्थितिमा भएको कार्यालय प्रमुखहरुको प्रस्तुतीकरण कार्यक्रममा संस्थाका सञ्चालकहरुले आफ्ना विगतका अनुभव राख्दै असल ग्राहक पहिचान र गुणात्मक कर्जा प्रवाहमा ध्यानदिन सुझाव दिएका थिए ।
कार्यक्रमको समापन समारोहमा सञ्चालक समितिका अध्यक्ष सचिनजङ्ग रायमाझिले संस्थाले विभिन्न स्थानमा वित्तीय साक्षरता र वित्तीय पहुँच पु्र्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दा केही उतारचढावभई समस्या तथा चूनौती आएतापनि आफनो काम तथा सेवाप्रवाहमा कुनै कसर बांकि नराख्न निर्देशन दिए । सहभागीकर्मचारीहरुको प्रस्तुतीकरणबाट कार्यरत कर्मचारीहरुमा ज्ञान, सीप र क्षमता रहेको हुँदा अझआफ्नो कामगर्ने शैली र क्षमतामा निखारताल्याई आगामीदिनमा व्यवसाय वृद्धिलाई निरन्तरतादिई लक्ष्यअनुरुपको प्रगतिहासिल हुने गरी कामगर्न तथा थपआत्मबल तथा उच्चउत्प्रेरणाको साथमा अगाडि बढ्न कर्मचारीहरुलाई हौसला प्रदान गरेका थिए ।
काठमाडौंको चावहिलमा केन्द्रीयकार्यालय रहेको राष्ट्रिय स्तरको यस संस्थाले २०७६ माघ महिनासम्ममा २६ जिल्लामा ४८ शाखाकार्यालय मार्पmत ३२,००० भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदानगर्दै आइरहेको छ । संस्थाको लगानीमा रहिरहेको कर्जा रु.१ अर्व २१ करोड, कुल बचत रु.३७ करोडरहेको छ भने संस्थाले चालु आ.व. भित्र थपशाखाकार्यालयहरु स्थापना गरीआफनो सेवाविस्तार गर्ने लक्ष्य राखेको छ ।
FACEBOOK COMMENTS