काठमाडौं । बाराको परवानीपुरमा हुन लागेको मधेश प्रदेशस्तरीय युवा भेलालाई सम्बोधन गर्न त्यसतर्फ उड्न ठिक्क परेका नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई जहाजबाट ओरालिएको छ ।
सिमरा उड्नका लागि यात्रु चढाइसकिएको अवस्थामा उनीहरूसहित सबै यात्रुलाई ओरालिएको पत्रकार राजन कुइँकेलले फोसबुकमार्फत जानकारी दिएका छन् । नेताद्वय पोखरेल र बस्नेत चढेको बुद्ध एअरको जहाजलाई सिमरा विमानस्थलमा अवतरण गर्न नदिने भन्दै प्रदर्शन गरेपछि काठमाडौंबाटै जहाज उड्न नसकेको बताइएको छ ।
सिमरा विमानस्थलमा जेन जीहरूले मुलद्वारा नै भत्काएर विमानस्थल कब्जा गरेका छन् । सिमरा एयरपोर्ट आसपासमा कर्फ्यू आदेश जारी गरिएको छ ।
FACEBOOK COMMENTS