काठमाडौं, २९ वैशाख -पूर्व राजा ज्ञानेन्द्रले निकटम छिमेकी देशसँगको सीमाको विवाद भनेको अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै म्यान-टु-म्यान कुटनीतिक पहल अनिवार्य हुने औल्याएका छन् । अाइतबार सामाजिक संजाल ट्विटरमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन । ‘वक्तव्य वा डिजीटल वार केवल जानकारीका लागि मात्र प्रयोग हुने हुनाले यथाशीघ्र नेपाल-भारत-चीन त्रिपक्षीय वार्ता गरी समाधान गर्नु उपयुक्त हुन्छ’ उनले अगाडि थप्दै लेखेका छन् । ज्ञानेन्द्र शाह लेख्छन्…. @G_Shah : निकटम छिमेकी देशसँगको सीमाको विवाद भनेको अत्यन्त गम्भीर विषय हो। यसको समाधानका लागि सरकारका तर्फबाट म्यान-टु-म्यान कुटनीतिक पहल अनिवार्य छ। वक्तव्य वा डिजीटल वार केवल जानकारीका लागि मात्र प्रयोग हुने हुनाले यथाशीघ्र नेपाल-भारत-चीन त्रिपक्षीय वार्ता गरी समाधान गर्नु उपयुक्त हुन्छ।
FACEBOOK COMMENTS