मदन तिमल्सेना
तनहुँ, जेष्ठ २ – कोरोनाको माहामारीबाट बिश्व आक्रान्त भइरहेको समयमा मानव सभ्यताको अस्तित्व नै समाप्त हुन्छ कि भन्ने चिन्तामा छ, संसारभरका मानिसहरु कोरोना भाईरसको माहामारीबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् यस्तो विषम परिस्थितिमा छिमेकीले आफ्नो सिमाना मिच्दा कस्तो महशुस होला ? आजसम्म कसैको पनि उपनिवेश नभएको सार्वभौम एवं स्वतन्त्र मुलुक नेपालको सिमाना लामो समयसम्म ब्रिटिसहरुको उपनिवेश बनेको भारतले मिचेको छ , केही बर्ष पहिलादेखि भारतले नेपालका धेरै सिमानामा अनावश्यक विवादहरु सिर्जना गरिरहेको छ त्यसैक्रममा नेपालको पश्चिम उत्तर सिमानामा चीनमा रहेको मानसरोवर जाने सडक भारतले नेपाली भुमीमा निर्माण गरिरहेको छ ।
राष्ट्रिय युवा संघ नेपाल तनहुँ र अनेरास्ववियु तनहुँले कहिल्यै कसैको दास नबनेको र वीर गोर्खालीको परिचय बोकेको नेपालीको सम्मान र सुगौली सन्धिको पूर्ण पालना गर्न आग्रह गर्दै भारतसँग निर्णायक वार्ता गर्न नेपाल सरकारलाई आग्रह गर्दै तनहुँका प्रमुख जिल्ला अधिकारी वद्रीनाथ अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
केहिदिन अघि भारतका रक्षा मन्त्री राजनाथ सिंहले सडक उद्घघाटन गरेपछि यो कुराले नेपालीलाई आघात पुर्याएको छ । नेपाल सरकारले भारतसग वार्ता गर्ने र नेपालको नयाँ नक्सा प्रकाशन गर्न लागिरहेको समयमा राष्ट्रिय युवा संघ नेपाल तनहुँ र अनेरास्ववियु तनहुँले कहिल्यै कसैको दास नबनेको र वीर गोर्खालीको परिचय बोकेको नेपालीको सम्मान र सुगौली सन्धिको पूर्ण पालना गर्न आग्रह गर्दै भारतसँग निर्णायक वार्ता गर्न नेपाल सरकारलाई आग्रह गर्दै तनहुँका प्रमुख जिल्ला अधिकारी वद्रीनाथ अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । उक्त अवसरमा अनेरास्ववियु केन्द्रीय सदस्य गोम राना, तनहुँ अध्यक्ष डम्बर बि क लगायत राष्ट्रिय युवा संघ नेपाल तनहु पदाधिकारीहरुको उपस्थिति रहेको थियो । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियू नेपाल तनहुका अध्यक्ष डम्बर वि क ले सम्पूर्ण युवा र बिद्यार्थीहरुको मनको कुराहरु बुझेर सरकारलाई घच्घच्याउन ज्ञापनपत्र बुझाएको बताएका थिए ।
FACEBOOK COMMENTS