काठमाण्डौँ — रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा निर्माणाधीन सिम्रुतुखोला साना जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
एसियाली विकास बैंक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीय जलविद्युत् सहकारीले नेपालकै नमुनाको रूरुपमा यस आयोजनाको निर्माण गरिरहेका छन् ।
रुकुम उज्यालो कार्यक्रमअन्तर्गत जनताको लगानी समेतमा सहकारीमार्फत निर्माण सम्पन्न हुँदै गरेको यस आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भएको सिम्रुतुखोला जलविद्युत् सहकारीका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिए ।
२०७३ माघ ८ गते तत्कालीन जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले शिलान्यास गरेपछि आयोजना निर्माणकार्य सुरु गरिएको थियो ।
स्थानीय सिम्रुतुखोला र खाराखोलाको पानीको स्रोतले यस आयोजनाबाट दुई सय किलोवाट विद्युत् उत्पादन हुनेछ ।
— कारोबार
FACEBOOK COMMENTS