काठमाण्डौँ — साल्ट ट्रेडिङ कर्पोरेसनले सिर्सिया सुक्खा बन्दरगाहमा साढे ५ महिनादेखि अड्किएको चिनी अझै छुटाउन सकेको छैन ।
बन्दरगाहमा थन्किएको ४० हजार बोरा चिनी जाँचपास गराउन उसले साढे ४ करोड रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ । नेपालका चिनिउद्योगको चलखेलले सरकारले चिनिमा रोकलगाएपछी यो समस्या आएको हो ।
बन्दरगाहमा अड्किएको साल्टको ५० हजार बोरा चिनीमध्ये १० हजार बोरा चिनी महिनाअघि जाँचपास गरी लगेको थियो ।
त्यति बेला एक करोड रुपैयाँ धरौटी राखेर चिनी छुटाएको साल्टले त्यस यता चिनी नलगेको बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठले बताए ।
मन्त्रिपरिषद्ले यो बन्दरगाहमा रहेको साल्ट ट्रेडिङको २ हजार ५ सय टन र नेपालगन्ज भन्सारमा अड्किएको विभिन्न आयातकर्ताको १ सय ४४ टन चिनी जाँचपास गर्न दिने निर्णय गरेपछि बन्दरगाहमा अड्किएको चिनी छुटाउने बाटो खुलेको थियो ।
बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सका वित्त प्रमुख एवं सूचना अधिकारी अनिमेश कुमारले महिनाअघि साल्ट ट्रेडिङले १० हजार बोरा चिनी लगेयता थप नलगेको उनले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS