काठमाडौं, साउन २५ – मुख्य व्यापारिक क्षेत्र न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलाई सिल गरिएको छ । कोरोना संक्रमित देखिएपछि काठमाण्डौको न्युरोड, असन, इन्द्रचोक र टेकु क्षेत्रलगायत व्यापारिक केन्द्र सिल गरिएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
सो क्षेत्रलाई सिल गरिएपनि केहि बजार र पसलहरु भने खुलेका छन् । पसल खुल्ला भएपछि सर्वसाधारणहरुको चहलपहल देखिएको छ । जसका कारण कोरोना संक्रमणको जोखिम पनि बढेको छ ।
न्युरोड, असन, इन्द्रचोक लगाएतका क्षेत्रमा पसल बन्द गर्न वडाले नै सूचना पनि टासेको छ । तर केहि व्यापारिहरुले त्यसलाई अटेर गरेका छन् । लकडाउन खुलेसँगै देशका मुख्य शहरमा कोरोना संक्रमितको संख्या बढेको छ ।
FACEBOOK COMMENTS