काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकालले प्राकृतिक स्रोतले धनी दक्षिण एशियामा रहेको अपार सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरी यस क्षेत्रका जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिनु भएको छ ।
भारतको आर्थिक नगरी मुम्वईमा आयोजना गरिएको सीआईआई साझेदारी सम्मेलनलाई संवोधन गदै उनले यस्तो बताए ।
पूर्व अध्यक्ष ढकालले यूवा जनसंख्याले धनी दक्षिण एशियामा रहेको बलियो जनशक्ति र प्राकृतिक स्रोतलाई एकाकार गराएर लैजान सकियो भने अवको विश्व अर्थतन्त्रको नेतृत्व यसै क्षेत्रले गर्ने दावी समेत गरे ।
सीआईआई साझेदारी सम्मेलनमा भाग लिन महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अहिले भारतको मुम्वईमा रहेको छ ।
FACEBOOK COMMENTS