काठमाडौं, कात्तिक २ – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षा २२ कात्तिकमा सञ्चालन गर्ने भएको छ ।
नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैतपछि रोकिएको डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा छात्रवृत्ति कार्यक्रमको एक विषय मौका परीक्षा नेपाल सरकारकाले तोकेको सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न लागिएको सीटीईभीटीले जनाएको छ ।
FACEBOOK COMMENTS