काठमाडौं, वैशाख ७ – सीमापार रेमिट्यान्स सेवा विस्तार गर्न मनीग्राम नेपाल र ई–सेवा मनी ट्रान्स्फरले आपसमा साझेदारी गरेको छ ।
साझेदारीसँगै विश्वभरि रहेका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा ई–सेवा वालेटमा रकम पठाउन सक्ने भएका छन् ।
मनी ग्राम इन्टरनेशनल सीमापार पी२पी रकम भुक्तानी र रकम स्थानान्तरणका लागि रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफरसँग साझेदारी गरेको हो ।
यो साझेदारीपश्चात रकम सबै प्रमुख बैंकहरुसहित ६५ वटा भन्दा धेरै बैंकहरुसँग जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सक्ने छन् ।
संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु यस मनी ग्राम र ई–सेवाको साझेदारीबाट, संसारभरबाट सजिलै रकम स्थानान्तरण गर्न सक्ने छन् ।
FACEBOOK COMMENTS