काठमाडौं, ४ वैशाख – कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले कोरोना प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
आज (शनिवार) सिंहदरबारमा बसेको बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न मन्त्रिपरिषद समक्ष यस्तो सिफारिस गरेको हो ।
बन्द भन्नाले विद्यालयको पठन पाठन भने पूर्णरुपमा बन्द नगरी वैकल्पिक माध्यमबाट पढाउनु पर्नेछ र परीक्षाहरु पनि नरोकिने जनाइएको छ । विद्यालय बन्द हुने नहुनेबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने जनाइएको छ ।
जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका विधिबारे पनि बैठकमा छलफल भएको छ । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्नुपर्ने सुझाएको थियो । मन्त्रालयले अति प्रभावित जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई वर्गीकरण गरेको छ ।
FACEBOOK COMMENTS