काठमाण्डौँ — चीन सरकारले रसुवागढी नाकामा निर्माण गर्न लागेको सुक्खा बन्दरगाह निर्माणको काम माघको दोस्रो हप्तादेखि सुरु हुने भएको छ।
गत असोजबाट निर्माण कार्य सुरु हुने भनिए पनि प्राविधिक कारणले ढिलाइ भएको हो।
बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएर ठेकेदार छनोटको काम सकिएको छ।
माघको दोस्रो सातासम्ममा निर्माणको काम सुरु भइसक्ने इन्टरमोडल यातायात विकास समितिले जनाएको छ।
‘चीन सरकारको लगानीमा चिनियाँ टोलीले नै निर्माण गर्ने भएकाले हामीले समन्वय मात्रै गरेको समितिका सूचना अधिकारी रवि सैंजुले बताए ।
चीन सरकारले दुई चरणमा बन्दरगाह निर्माण गर्ने जनाएको छ।
— नागरीक
FACEBOOK COMMENTS