सुटकेसमा फोल्ड गरेर राख्न मिल्ने विद्युतीय मोटरसाइकल वैज्ञानिकहरुले आविष्कार गरेका छन् ।
ट्रेन, बस, रेष्टुरेन्ट, बार, क्याफे , बजार जस्तो ठाउँमा सुटकेसमा प्याक गरेर लान सकिने बाईक सिटगो हो।
सिटगो बाइकलाई चार्ज गर्न पनि निकै सजिलो छ । यसलाई कारमा भएको सिगरेट लाइटरबाट पनि चार्ज गर्न सकिन्छ । यो बाइक घरमै रहेको २२ भोल्टको इलेक्ट्रिसिटीबाट पनि चार्ज हुन्छ । यात्राको क्रममा चार्जिङको लागि यसमा यूयसबी पोर्ट पनि जडान गरिएको छ ।
यो वाइक एक पटक चार्ज गरेपछि ४० किलोमिटर सम्म गुड्छ । यसको टप स्पीड २४ किलोमिटर प्रति घण्टा रहेको छ ।
यो मोटरसाइकलको प्रमुख विशेषता भनेको पार्किङ्गको आवश्यकता नपर्नु हो ।
यो बाइकको मुल्य पनि सस्तो रहेको छ । यो सिटगो बाइकको मुल्य लगभग ७० हजार भारु रहेको छ । तर ४२ हजार भारुमा पनि प्री–अर्डर गर्न सकिन्छ ।
FACEBOOK COMMENTS