काठमाडौं, माघ ६ – भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान किम–मानदभी सडकखण्डमा एक ट्रक मजदुरमाथि गुड्दा १५ जनाको मृत्यु भएको हो ।
घटनामा १२ मजदुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
सो घटनामा केही मजदुर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।
गुजरात प्रहरीका अनुसार उखु बोकेको ट्याक्टरमा ट्रक ठोक्किएको थियो । ठोक्किएपछि अनियन्त्रित बनेको ट्रक सुतिरहेका मजदुरमाथि गुडेको थियो ।
FACEBOOK COMMENTS