काठमाण्डौँ — सुदूरपश्चिम प्रदेशलाई राजमार्गमार्फत भारतसँग जोड्न महाकाली नदीमा मोटरेबल पुल निर्माण अघि बढेको छ।
सवा तीन अर्ब रुपैयाँ लागतमा महाकाली नदीमा चार लेनको पुल निर्माण सुरु गरिएको हो।
भारतको उत्तराखण्ड हुँदै नयाँ दिल्लीसम्म सडक मार्गबाट जोडेर व्यापार र पारवहनमा सघाउन पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ।
महाकालीबाट नयाँ दिल्लीको दुरी तीन सय ४५ किलोमिटर छ।
सुदूरपश्चिमलाई पक्की सडकमार्फत भारतसँग जोड्न पुल निर्माणको काम धमाधम भइरहेको महाकाली पुल योजनाका प्रमुख इन्जिनियर राजेश प्रसाद पौडेलले बताए।

पौडेलका अनुसार तीन अर्ब २७ करोड ९३ लाख रुपैयाँमा पुलसँगै कञ्चनपुरको महेन्द्रनगर गड्डाचौकी भुजेल हुँदै महाकालीसम्म ६ लेनको सडक पनि निर्माण भइरहेको छ।

— नागरीक