काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ ।
साताको पाँचाै काराेबार दिन सुन आज तोलामा १७०० ले बढेर १ लाख ९१ हजार ५०० रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९१हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार छापावाल सुन १ लाख ८९ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
यसैबीच चाँदीको मूल्य पनि बढेकाे छ। बुधबार तोलामा १ हजार ९ सय ९० रूपैँया कायम भएको चाँदी आज २ हजार २५ रूपैँया कायम भएको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS