काठमाडौं, २६ फागुन – नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको कोटा बढाउन अर्थमन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार मन्त्री पौडेललाई आगामी आर्थिक वर्षको बजेटमा सुनचाँदी क्षेत्रका लागि समेटिनुपर्ने विषयमा सुझाव दिदै सुनको कोटा बढाउन माग गरेको हो ।
छलफलका क्रममा मन्त्री पौडेल सुनको आपूर्ति बढाउन सकारात्मक देखिएको महासंघले जनाएको छ । अहिले बजारमा दैनिक ३० किलो सम्म सुनको माग रहेको संघले जनाएको छ ।
पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ ।
FACEBOOK COMMENTS