काठमाडौं – सुनको भाउ तोलाको ६१ हजार रुपैयाँ पुगेको छ । एकै दिन तोलामा ४ सय रुपैयाँ वृद्धि भएर तोलाको ६१ हजार रुपैयाँ पुगेको हो ।
यो भाउ पाँच वर्षयताकै उच्च हो । यसअघि नेपालमा सुन सर्वाधिक महँगो हुँदा तोलाको ६२ हजार ५ सयसम्म पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी अर्थतन्त्र खस्किँदै जानु, अमेरिकी डलर अन्तर्राष्ट्रिय बजारमा कमजोर हुँदै जानुलगायत कारण सुनको भाउ उच्च भएको हो ।
स्थानीय बजारमा डलर भाउ बढेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा खस्किएको छ र यसैको प्रभाव सुनको भाउ वृद्धिमा परेको महासंघको भनाइ छ ।
FACEBOOK COMMENTS