काठमाडौँ, श्रावण १३ – नेपाली बजारमा सुनको भाउ दिनप्रतिदिन उकालो लागिरहेको छ । मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महँगो भएको हो ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९७ हजार ७ सय ६० रुपैयाँ पुगेको छ ।
त्यस्तै मंगलबार चाँदीको भाउ प्रतितोला एक हजार २ सय ४५ रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ बढेको हो । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाली बजारमा एक वर्षमै सुनको भाउ करिब ३३ हजारभन्दा बढीले बढेको छ । गत वर्षको साउन १२ गते नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कायम भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ४५ रुपैयाँ कायम भएको थियो ।
FACEBOOK COMMENTS