काठमाण्डौँ — अन्तर्राष्ट्रिय बजारमा भाउ वृद्धि भएसँगै स्थानीय बजारमा सुनको मूल्य ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ।
शुक्रबार स्थानीय बजारमा छापावाल सुन प्रतितोला ६० हजारमा किनबेच भएको छ।
यो भाउ २०६९ भदौयता सबैभन्दा महँगो हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको छ बिहीबार ५९ हजार ३ सयमा कारोबार भएको सुन एकै दिनमा ७ सयले बढेर उच्च विन्दुमा पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एकै दिन प्रतिऔंस २७ अमेरिकी डलरले सुनको मूल्य वृद्धि भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अकस्मात वृद्धि भएको र त्यसको असर स्थानीय बजारमा परेको शाक्यले बताए।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य गिरावट हुदा सुनको मूल्य बढेको हो।

— नागरीक