काठमाडौं, साउन १९। चालु आर्थिक वर्ष २०७६/७७ को सुरुवातसँगै सुनको मूल्यले नेपालि बजारमा तहल्का मच्चाएको छ। गत वैशाख २७ गतेदेखि नयाँ रेट कायम राखेको सुनको मूल्यले निरन्तर बढ्दै आज पनि ऐतिहासिक रेट कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ६५ हजार ८०० रुपैयाँमा कारोबार भएको छापवाला सुनको मूल्य साताको पहिलो दिन आज आइतबार ५०० रुपैयाँले बढेर ६६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपाली बजारमा पनि सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुनारले जानकारी दिए। उनले भने, ‘ अमेरिका, चाइना लगायतका अन्तराष्ट्रिय बजारमा सुनमा लगानी बढेको छ।यसले गर्दा नेपाली बजारमा पनि प्रभाव परेको हो। अन्तराष्ट्रिय बजार बन्द हुनु अगाडी १४ सय १४ डलर प्रति औंशमा कारोबार भएर बन्द भएकोले आज नेपालमा सुनको भाउ बढेको हो’ ।
त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ६०० हजार रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५६ हजार ८४० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५६ हजार ५८५ रुपैयाँ कायम गरेको छ।
त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ७७५ रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।
FACEBOOK COMMENTS